सञ्चार माध्यमप्रति प्रधानमन्त्रीको तीव्र रोष किन ?

उज्यालो प्रतिनिधि २० बैशाख २०७७, शनिबार समाचार

काठमाडौँ । शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीबाट श्रमिक दिवसको अवसरमा शुभकामना आयो, जसको अन्त्यतिर सञ्चार माध्यमप्रति उनको तीव्र रोष झल्किएको देखिन्छ ।

प्रधानमन्त्रीले मुलुकका मिडिया र सोसल मिडियाले अस्थीरता निम्त्याउन खोजिरहेको गम्भीर आक्षेप लगाउँदै भनेका छन्, ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ ।’

प्रधानमन्त्री ओली यतिमा मात्र रोकिएका छैनन्, उनले आफ्नो आलोचना गर्नेहरुविरुद्ध उत्रिन ‘सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनता’ लाई आह्वानसमेत गरेका छन् ।

‘आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन,’ ओलीले भनेका छन्, ‘त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

सरकार गठन भएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना कामको प्रतिरक्षा गर्न सिंगो पार्टी पंक्ति र कार्यकर्तालाई ‘अरिंगालजसरी खनिन’ निर्देशन दिएका थिए । लगत्तै सरकारका अनियमित काम–कार्वाहीबारे लेख्नेहरुको सामाजिक सञ्जालमा छद्म नाममार्फत खोइरो खन्न थालियो । ओलीले शुक्रबारको सन्देशमा पनि आफ्ना अरिंगाल पंक्तिलाई प्रतिकारमा उत्रिन घुमाउरो पाराले आग्रह गरेका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार