आजको मौसम : चट्याङ्ग र असिनासहित वर्षा

उज्यालो प्रतिनिधि २० बैशाख २०७७, शनिबार समाचार

काठमाण्डौ ।  मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ।

यसैगरी, हाल देशको मध्य र पूर्वी भू(भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ।

यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ।

देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।

राति, देशको पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू–भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार