नेकपाका नेताहरु सांसदहरुलाई काठमाडौं बोलाउँदै, केही सांसद भने दोधारमै

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार समाचार

काठमाडौं । केहीदिन यतादेखी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै संसदीय दलमा आफूलाई शक्तिशालीरुपमा प्रस्तुत गर्न नेताहरु क्रियाशील देखिएका छन् । दुबै समूहले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान सुरु गरेपछि उपत्यका बाहिर रहेका सांसदहरुलाई काठमाडौं बोलाइरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान जारी राखेका छन् । उता प्रचण्ड-माधव नेपाल समूहले पनि सांसदहरुलाई काठमाडौं बोलाएका छन् । उनीहरुले पनि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

कतिपय सांसदहरुले पनि विहीबारसम्म हस्ताक्षर गर्ने मनसाय व्यक्त गरेका छन् । विकसित अवस्थालाई हेर्दै निर्णय लिने भन्दै केही सांसदहरु रिजर्भ बसेका हुन् ।

आज साँझ ५ बजेका लागि पार्टीको सचिवालय बैठक बोलाइएको भए पनि ओली समूह भने संसदीय दलको बैठक बोलाउने पक्षमा देखिएकव छ । प्रधानमन्त्री चुनेको संसदीय दलले भन्दै संसदीय दलबाट प्रधानमन्त्रीबारे निर्णय हुनुपर्ने उक्त समूहको तर्क रहेको छ ।

सचिवालय बैठकमा स्थायी समितिको बैठकको माग हुने र दुवै कमिटीमा ओली समूह अल्पमतमा पर्ने भएपछि ती बैठकहरु छल्ने तयारी सुरु गरिएको पूर्वमाओवादीका एक नेताले बताए । ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेको ती नेताले बताएका हुन् ।

प्रतिनिधिसभामा नेकपाका हाल १७४ जना सांसद छन् । जसमा बहुमत सिद्ध गर्न ८८ जना सांसद चहिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार