काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्।
‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने।
सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने प्रयास गरेपनि सार्थक नभएपछि साँझ ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन्।
‘मिलेर जान आफूले नेताहरूलाई प्रस्ताव गरेको छु। नेताहरूको प्रतिक्रिया कसरी आउँछ त्यसपछि नै आफूले थप रणनीति बनाउँछु’, सांसदसँग ओलीले भनेको छलफलमा सहभागी काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी दिए।
अन्नपूर्ण पोस्ट






