पोखरेल मुख्यमन्त्री छाड्न तयार, पौडेल पनि अचानक काठमाडौं आइपुगे

उज्यालो प्रतिनिधि १६ बैशाख २०७७, मंगलवार समाचार

काठमाडौं । सत्तारुढ नेकपाभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगिरहँदा शक्ति बाँडफाँडको मुद्दा पनि सतहमा आएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष र प्रधानमन्त्रीमा कायम रहन मन्त्रिपरिषद हेरफेर गर्न र मुख्यमन्त्रीहरु फेर्न पनि तयार रहेको बताइएको छ ।

यस्तै छलफल चलिरहेको बेला शुक्रबार काठमाडौं भित्रिएका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल पार्टी एकताको लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताइरहेका छन् । ओली शक्तिमा भएको बेला वरिष्ठ नेता माधव नेपालसँग भागबण्डा गर्न लचिलो बनेका थिएनन् । नेपाल समूहले ओलीको पेलेर जाने रणनीतिको विरोध गरिरहँदा शंकर पोखरेलले आफू मुख्यमन्त्री छाड्न पनि तयार रहेको संकेत गरेका हुन् ।

मुख्यमन्त्रीहरु फेरबदल हुनसक्ने चर्चा चलिरहेको बेला बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि अचानक काठमाडौं आइपुगेका छन् । पौडेल सोमबार साँझ काठमाडौं आइपुगेका हुन् ।

कोरोना रोकथाम, नियन्त्रण र निर्देशनमा जुटेका मुख्यमन्त्री पौडेलको काठमाडौं यात्रालाई रुचिपूर्वक हेरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार