कोभिड–१९ को रोकथाम र उपचारमा कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री

उज्यालो प्रतिनिधि १३ चैत्र २०७६, बिहीबार १ नं. प्रदेश

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरससँग जुध्न प्रदेश सरकारले २३ बुँदे कार्ययोजनाका साथ काम गरिरहेको छ भन्नुभयो ।

उहाँले नागरिकको स्वास्थ्य र उपचारको सुनिश्चितता सरकारले दिने भन्दै लकडाउन र सरकारले सावधानीका लागि आह्वान गरेकाले यसलाई गम्भीरताका साथ पालना गर्न सबैसँग आग्रह गर्नुभयो । कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको छ भन्नुभयो ।

प्रदेशका विभिन्न ४४ स्थानमा ९८९ शै्यया क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिँदै मुख्यमन्त्री राईले उक्त निर्माण भएका क्वारेन्टाइनमा भारतीय नाका र अन्य नाकाबाट प्रवेश गरेका नेपाली नागरिकलाई निगरानीका लागि राखिएको स्पष्ट पार्नुभयो । प्रदेशबाट कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा १९ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार