शक्तिशाली मुलुकहरु पनी कोरोनाको त्रासमा

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार फोटो समाचार

एजेन्सी । विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो। कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि उस्तै छ।

पहिले कोभिड-१९ का कारण ५३ जनाको मृत्यु भएको थियो। १९ मार्चपछि १ सय ५० जनाको मृत्यु भइसकेको छ। अमेरिकी स्वास्थ्य विभागका अनुसार एक्कासि यति धेरै मानिसको मृत्युबारे खोजतलास सुरु गरिएको छ। अमेरिकाका लागि यति धेरैको संख्यामा मृत्यु हुनु र संक्रमित बढ्नुमा आश्चर्यको कुरा भएको छ। यसभन्दा अगाडि कोरोना भाइरस संक्रमित बिरामीको उपचार विज्ञहरुलाई लगाएर गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए। उनले भनेका थिए, ‘हामी यस चाइनिज भाइरसविरुद्ध भ्याक्सिनको निर्माण गर्नेछौँ।’ यद्यपि अहिलेसम्म त्यो भ्याक्सिन प्रयोगशालामा राखिएको छ। अमेरिकास्थित ५० राज्यमा स्वास्थ्य केन्द्र खडा गरिएको छ।

स्वास्थ्य केन्द्रले उपचारार्थ बिरामीको तथ्यांक प्राप्त गरिरहेको छ। स्वास्थ्य केन्द्रका अनुसार पहिले उपचार भएका बिरामीको अहिले पनि उपचार भइरहेको छ। अमेरिकी स्वास्थ्य विभागका अनुसार १० हजार ४ सय ९१ बिरामीमध्ये ९ हजार ८ सय ४२ बिरामीको उपचार भइरहेको छ। ३ सय १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। २९० भन्दा बढी बिरामी यात्राका क्रममा बिरामी भएका हुन्। उक्त बिरामीलाई स्वास्थ्य सेवा केन्द्रले निगरानी गरिरहेको छ। यसभन्दा अगाडि कोभिड-१९ को बिरामीलाई ज्वरोको औषधि दिएर उपचार गराइरहेको थियो। कोरोना भाइरस चीनबाट फैलिएको थियो। धेरै देशलाई यस भाइरसले दुःख दिइरहेको छ।

अहिलेसम्म कोरोना भाइरसको उपचारको औषधि पत्ता लागिसकेको छैन। अमेरिकामा बिरामीको उपचार गर्न ज्वरोको औषधि चलाइएको छ। अमेरिकी राष्ट्रपतिले भने, ‘ज्वरोको ‘हाइड्रोक्लोसोक्विन’ नामक औषधि दिएर कोरोनाको उपचार भइरहेको छ। यस औषधिले राम्रो गरिरहेको छ। मलेरिया ज्वरोको औषधिले कोरोना भाइरसको उपचार गरिरहेको छ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार