काठमाणडौ । एड्स (en :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो।
जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा ‘एच.आइ.भी’ पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरि शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।
यो रोग सुरुमा अफ्रिकाको कंगोमा देखा परेको थियो । प्राइमेट (बाँदर) बाट एड्स मानिसमा फैलिएको हालसम्मको अध्ययनले देखाउँछ । सन् १९८१ यता एचआईभी/एड्सबाट विश्वभर ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् ।
विश्वमा अझै पनि झण्डै ३ करोड ५० लाख मानिस एड्सबाट संक्रमित भएको बताइन्छ जसमध्ये अधिकांश अफ्रिकामा बस्छन् । तर एड्सविरुद्धको औषधी विकास भएकाले यो महामारीबाट मर्नेको संख्या सन् २००५ देखि २०१२ को अन्तरालमा २२ करोडबाट घटेर १६ करोडमा झरेको छ ।






