लुम्बिनीमा तीनदिने अन्तरराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने

उज्यालो प्रतिनिधि २४ माघ २०७६, शुक्रबार समाचार

वुटवल । लुम्बिनीमा तीनदिने अन्तरराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो । माघ २४ गतेदेखि २६ गतेसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययनसम्बन्धी साहित्यको विविध विषयमा गोष्ठी हँुदैछ ।

बौद्ध कला, संस्कृति र साहित्यको महोत्सव नेपालमै पहिलोपटक आयोजना भएको हो । महोत्सवकै अवधिमा मोन्लाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन माघ २४ गते बिहान लुम्बिनीमा शान्ति दौड हँुदैछ । दौडमा करीब ५०० जनाको सहभागिता रहने छ । शुक्रबार बिहान ११ बजे महोत्सवको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

शुक्रबारबाटै विश्वविद्यालय परिसरमा अक्षेश्वर महाविहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बौद्धधर्म, संस्कृतिसम्बन्धी विभिन्न समुदायको कलाकृति राखिने जनाइएको छ । कार्यक्रममा बौद्धधर्म र संस्कृति झल्किने नृत्य गुन्ला, धिमे, चर्या नृत्य, योगी तथा अनुप्रासलगायतका कार्यक्रम हुनेछन् ।

माघ २५ गते मोन्लाम पूजा र योगासहित विविध बौद्ध विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ । पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत खगनाथ अधिकारी, टङ्क कार्की, विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धर, डा कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त बिडारी, प्राज्ञ गोपीरमण उपाध्यायसहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा डा वेदप्रसाद गिरीले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार