ललिता निवास जग्गा प्रकरण : बैंकहरूको अर्बौं लगानी जोखिममा

उज्यालो प्रतिनिधि २४ माघ २०७६, शुक्रबार समाचार

काठमाडौं । ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरूको अर्बौं लगानी जोखिममा परेको छ।आयोगले बुधबार ललिता निवासको जग्गा अनधिकृत खरिदबिक्री गर्ने १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बैंकहरूको लगानी जोखिममा परेको हो।

अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरूले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए। जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो।

अख्तियार स्रोतका अनुसार बैंकहरूले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ। अख्तियारले विवादित क्षेत्रको जग्गा धितोमा राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार