सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथाङ्का (सङ्खुवासभा), सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिए ।

आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना हुनु भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया मार्फत नवजात शिशु निकालिएको थियो । यसक्रममा उनको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा सन्तोश देवले भने “मगरलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काठमाडौ थापाथली स्थित प्रसूति गृहमा पठाइएको छ । ” सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार