कार दुर्घटनामा चालकको मृत्यु

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०८३, आईतवार समाचार
त्रिवेणी (नवलपरासी), पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार