फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

उज्यालो प्रतिनिधि २९ बैशाख २०८३, मंगलवार समाचार

पर्वत, सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ ।

जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् ।

अब कुश्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ । निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । नवनिर्मित फलेवास नगरपालिका भवनको सोमबार नगरप्रमुख गङ्गाधर तिवारीले उद्घाटन गरे । सो भवन कालीगण्डकी प्रदीप जुम्ली जेभीले २०७८ साल भदौ २१ मा सम्झौता भई निर्माण सुरु भएको थियो ।

नौ करोड एक लाख ५३ हजार २०० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा तीनतला र ४२ कोठा छन् । जसमा तीनवटा सभाहलसहित खानेपानी, विद्युत्, शौचालय जस्ता सुविधा छ । त्यसैगरी, नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा भवन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।

भवन निर्माणका लागि स्थानीय बासिन्दाले ६२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन उद्घाटन गर्दै नगरप्रमुख तिवारीले अब नागरिकले नगरपालिकाबाट लिने सेवा सुविधा सहज हुने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार