कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

उज्यालो प्रतिनिधि २९ बैशाख २०८३, मंगलवार समाचार
कर्णाली, कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै क्षतिको एकीन विवरण सङ्कलन गरी पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
कृषि, खानेपानीलगायत भौतिक पूर्वाधारमा समेत क्षति पुगेको जनाउँदै सदस्य शर्माले सम्भावित प्राकृतिक विपद्लाई ध्यानमा राखेर आगामी वर्षको बजेट निर्माण गर्न सरकारलाई अनुरोध गरे ।
बैठकमा प्रदेशसभा मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्षका लागि प्राथमिकता र आवश्यकतामा केन्द्रित बजेट ल्याउन सरकारलाई सुझाए । प्रदेशसभा दलका जीवनबहादुर शाहीले प्राकृतिक विपद्मा खोज तथा उद्धार र राहतका लागि आवश्यक बजेट विनियोजना हुनुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आवको बजेट तर्जुमामा सुधार गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरिने बताए। उनले यथार्थ र कार्यान्वययोग्य बजेट ल्याइने जनाउँदै नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता र आवश्यकताका आधारमा बजेट आउने प्रतिबद्धता जनाए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार