सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

उज्यालो प्रतिनिधि २८ बैशाख २०८३, सोमबार समाचार

महोत्तरी,यहाँको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुुमवासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ ।

जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो ।

“हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुुमवासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौँ”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भने, “यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म सुविधा पाउने छन् ।” भर्ना आगामी जेठ १५ सम्म भइसक्नुपर्ने विद्यालयले जनाएको छ ।

उनले ७७ जिल्लाका विद्यार्थी सरिक हुनसक्ने स्पष्ट पारे । “यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्ममिति स्पष्ट खुल्नेगरी सम्बद्ध स्थानीयतहको वडा कार्यालयले सुकुुमवासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ ।” प्रअ पौडेलले भने ।

अहिले शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क अवसर भने सुकुुमवासी परिवारका विद्यार्थीलाई लक्षित गरी ३० जनालाई दिन लागिएको हो । विगतमा ब्राह्मण जाति समुदायका लागिमात्र संस्कृत शिक्षा दिँदै आए पनि पछिल्ला दुई दशकयता भने विद्यालयले ‘सबैका लागि संस्कृत शिक्षा’को अवधारणाअनुसार सबैलाई पढ्ने अवसर खोलेको छ । आवास र भोजनसहितको यो अवसर अहिले छात्रका लागिमात्र भएको गुरुकुलले स्पष्ट पारेको छ ।

विसं १७७५ मा स्थापित यो विद्यालय सीमाक्षेत्र (दशगजा) बाट १०० मिटरमात्र भित्र छ । सीमा नजिक हुँदा यहाँ भारतीय छात्रछात्रा पनि संस्कृत अध्ययनका लागि आउने गरेका छन् । कक्षा आठदेखि १२ सम्म अध्ययन÷अध्यापन हुने गुरुकुलमा अहिले मुलुकका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

विद्यालयमा संस्कृततर्फ साहित्य, व्याकरण, न्याय, कर्मकाण्ड र ज्योतिषमध्ये दुई ऐच्छिक र भाषा अनिवार्य छ । यस्तै संस्कृतका अतिरिक्त साधारण विद्यालयका अनिवार्य विषय यहाँ पनि पढाइन्छन् । टाढाका गरिब विद्यार्थीका लागि गुठी संस्थानले भोजन व्यवस्थापन गर्दै आएको छ ।

बालगुरु षडाननले शिक्षा लिनुभएको यो गुरुकुललाई अहिले संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन पर्ने माग बढेको छ । मटिहानी नगरपालिकाले गुरुकुललाई संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन सरकारको ध्यानाकर्षण गराइँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार