जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

उज्यालो प्रतिनिधि २७ बैशाख २०८३, आईतवार समाचार

मुस्ताङ, घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो ।

पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा समीक्षा कँडेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो ।

गर्भवतीको अवस्थाबारे आफन्तजनलाई उचित परामर्श दिएर आकस्मिक शल्यक्रिया (सिजेरियन सेक्सन) द्वारा सफल प्रसूति गरिएको डा कँडेलको भनाइ छ । शल्यक्रियाद्वारा महिलाले दुई किलो ५ सय ग्राम तौलको शिशु जन्मिएको हो ।

प्रदेश अस्पतालमा पछिल्लो चार आर्थिक वर्षमा सयभन्दा बढी महिलाले प्रसूति सेवा प्राप्त गरिसकेका छन् । सेवा लिन आएका मध्ये १६ गर्भवतीको शल्यक्रियाद्वारा सफल प्रसूति गराइसकिएको डा कँडेलले बताए ।

पछिल्लो समय अस्पतालमा शल्यक्रिया प्रसूति सेवा भरपर्दो र विश्वसनीय बन्दै जाँदा यहाँका विपन्न र आर्थिक आयस्रोत कम भएका महिलालाई सहज भएको छ । यसअघि यहाँ शल्यक्रिया सेवा नहुँदा प्रसूति सेवा लिन धेरै पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने बाध्यता थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार