फरार भारतीय कैदी पक्राउ

उज्यालो प्रतिनिधि २५ बैशाख २०८३, शुक्रबार समाचार
चितवन, कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागिरक रहेका छन् । यस कारागारमा रहेका ११ जना भारतीय नागरिक भागेका थिए । उनलाई वीरगञ्जबाट पक्राउ गरी ल्याइएको हो ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने सुशीला देवीलाई पक्राउ गरी ल्याइएको हो । जेनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये अहिलेसम्म ६४० जना कैदीबन्दी फर्किएका छन् । अझै १०३ जना फर्कन बाँकी रहेको उनले बताए ।
अहिले सम्पर्कविहीन भएकामा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एकसिँगे गैँडा चोरी सिकारीसमेत रहेका छन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि सूचना जारी गरेको थियो ।
कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कारबाही गरिने उनले बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार