कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण

उज्यालो प्रतिनिधि २५ बैशाख २०८३, शुक्रबार समाचार
म्याग्दी, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताए ।
विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन् ।
पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन  छ । सो सडकमा छ वटा ‘बेलिब्रिज’ पनि निर्माण भएका छन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार