महासङ्घको नयाँ नेतृत्वको मतगणना जारी

उज्यालो प्रतिनिधि २३ बैशाख २०८३, बुधबार समाचार
काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । महासङ्घको ६०औं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भएको छ ।
जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज  पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद मानन्धर निर्वाचित भएका हुन् । यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी भएका छन् । यस्तै, महासङ्घको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भएका छन् । अन्य पदको भने मतगणना जारी छ ।
महासङ्घको निर्वाचनमा ७३ पदका लागि निर्वाचन हुँदैछ । जसमा एक सय ३७ उम्मेदवार छन् । महासङ्घ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुहुनेछ । बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार