उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

उज्यालो प्रतिनिधि १६ बैशाख २०८३, बुधबार समाचार

ढोरपाटन (बागलुङ), यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८.४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका–६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका स्थानीयलाई ढोरपाटन आउजाउ गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगरले बताए ।

ढोरपाटन नगरपालिका–६ का पानबहादुर विकले पुल बनेपछि गाउँमा विकास आएको अनुभूति भएको सुनाए । “यहाँ पुल नहुँदा खोला तर्दा म आफैँलाई कति पटक बगायो, धन्न पौडिन सक्ने हुँदा बाँचे, आइमाइ केटाकेटीहरु पनि बस्छन् तर उनीहरुलाई दुई/तीन घण्टाको घुमाउरो बाटो हिँडेर खोला तर्नु पर्ने अवस्था थियो”, विकले भने, “अब त पुल बन्यो, बेँसी झर्न र बस्तुभाउलाई वारपार गराउन धेरै सजिलो हुने भयो ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार