पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका

उज्यालो प्रतिनिधि १६ बैशाख २०८३, बुधबार समाचार

दोधारा चाँदनी (कञ्चनपुर), पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ ।

पालिकाले बस्तीस्तरबाट माग भइआएका योजनालाई प्राथमिकतामा राखेर सडक, पुल, शिक्षा र खानेपानीलगायत संरचना निमार्णमा जोड दिएको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर पवन विष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पालिकाले ११ वटा पुल, ३३ वटा सडक र पाँचवटा खानेपानीका योजना सम्पन्न भएका छन् । “२६.५६ किलोमटर सडक निर्माण भएकामा ४.२६ किलोमिटर सडक कालोपत्र भएको छ”, उनले भने, “वडास्तरबाट माग भएका योजनालाई प्राथमिकतामा राखेर पूर्वाधार विकासमा जोड दिएका छौँ ।”

त्यसैगरी, आर्थिक वर्ष २०८०÷८१ मा पालिकाले ३६.७२ किलोमिटर सडक निर्माण गरेको छ । आव २०७९÷८० मा २९ किलोमिटर सडक निर्माण भएको थियो । ‘समृद्ध बेदकोट’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित पूर्वाधारलाई विकासको मेरुदण्डका रुपमा अघि सारेको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगसम्म सडक पहुँच विस्तार, कालोपत्र तथा ग्राभेल सडक निर्माण र ढल व्यवस्थापनजस्ता काम तीव्रगतिमा अघि बढाइएको पालिकाले जनाएको छ । पालिकाले ग्रमीण क्षेत्रसम्म सडक विस्तार गरेपछि सहज आवागमन हुँदा स्थानीय उत्पादनको बजार पहुँचमा पनि सुधार भएको स्थानीयवासी खुसी रानाले बताए ।

“सडक कालोपत्र नभए पनि धेरै सडक ग्राभेलसम्म हुँदा किसानलाई सहज भएको छ”, उनले भने, “यसअघि सडक नहुँदा हामीले उत्पादन गरेका तरकारी बजारसम्म पुर्याउन बाटोकै कारण देखाएर चर्को भाडा तिर्नुपर्ने बाध्यता थियो ।” अहिले गाउँमा किसानले उत्पादन गरेका तरकारी, दूध र अन्य खाद्यान्न बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

पालिकाले पूर्वाधार विकासमात्र नभएर रोजगारी सृजना हुनेगरी उद्योग स्थापना गर्न पहल गर्नुपर्ने स्थानीयवासी विष्णु जाशीले बताए । “पूर्वाधार विकास भइसक्यो, अब मझौला उद्योग स्थापना गरेर रोजगारी सृजना गर्नेतर्फ पालिकाले योजना बनाउनुपर्छ”, उनले भने, “पालिकाले पूर्वाधार विकास गर्दा अपाङ्ग र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माणमा जोड दिनुपर्दछ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार