माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

उज्यालो प्रतिनिधि २ चैत्र २०८२, सोमबार समाचार

चितवन, यहाँको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ ।

भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङ्गल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङ्गलले ओगटेको छ ।

यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषियोग्य रहेको छ । उहाँका अनुसार सार्वजनिक जमिन ३१५ दशमलब ५२ हेक्टर, आवासीय जमिन एक हजार ९१८ दशमलब ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र संस्कृतिक जमिन ९ दशमलब ३१ हेक्टर रहेको छ ।

जमिन वर्गीकरणको काम सकिएकाले सबै विवरण वडा कार्यालयमा पठाइएको उनले जानकारी दिए । पालिकाले गरेको जग्गाको वर्गीकरणबारे चित्त नबुझे भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको छ । जग्गा धनीले भू उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुनःविचार गरिने भुषालले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार