बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन ः निर्वाचन आयोग

उज्यालो प्रतिनिधि २८ माघ २०८२, मंगलवार विश्व

बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू तथा राजनीतिक उम्मेद्वारहरूले मतदान तालिका, अभियान गतिविधि लगायतका प्रमुख घटनाक्रमहरूले तिव्रता पाएको जनाइएका छन् ।

बङ्गलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचना सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गरेका छन् ।

अख्तर अहमदलाई उदृत गर्दै एएनआइले अगामी फेब्रुअरी– १२ तारिखको बिहान ७.३० देखि मतदान सुरु गर्ने तयारी भईसकेको जनाएको छ ।

सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भन्नु भयो मेरो बुझाइमा, त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन, सबै कुरा व्यवस्थित छ ।“

उहाँले गलत सूचनासँग सम्बन्धित चिन्ताहरूलाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउदै यो डर नभई चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

मतदानको मिति नजिकिँदै जाँदा, उम्मेदवारहरूले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधन, लगाउतका प्रयासहरू तीव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ ।

बङ्गलादेशको निर्वाचन कानुन अन्तर्गत मतदान सुरु हुनु भन्दा ४८ घण्टा अघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ । मतदान फेब्रुअरी– १२ बिहान ७.३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी–१०को साँझ ७.३० बजे समाप्त हुने जनाइएको छ ।

चुनाव प्रचारको अन्तिम समयमा ढाका–१३ निर्वाचन क्षेत्रका लागि बङ्गलादेश राष्ट्रवादी पार्टीका उम्मेदवार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गरेका छन् ।

बङ्गलादेशमा सन् २०२४ जुलाईको विद्रोह पछि व्यापक राजनीतिक अस्थिरताकोे बीचमा हाल संसदीय चुनाव हुन गइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार