पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु

उज्यालो प्रतिनिधि २८ माघ २०८२, मंगलवार विश्व

पूर्वी प्रशान्त महासागरमा लागु–औषध तस्करीको आशङ्कामा एक डुङ्गालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाईते भएको अमेरिकी सेनाले जनाएको छ । सेनाले यो आक्रमण समुद्री लागु–औषध तस्करीको बिरूद्ध चलिरहेको अभियानको एक स्वरुप भएको उल्लेख गरेको छ ।

अमेरिकी रक्षा विभागको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको एक विज्ञप्तिमा युएस साउदर्न कमान्ड (साउथकम) ले संयुक्त टास्क फोर्स साउदर्न स्पियरले लागु–औषध तस्करी मार्गहरूमा अभियान सञ्चालन गरिरहेको र अवैध लागु औषध ओसार पसारमा संलग्न डुङ्गा माथि आक्रमण गरेको बताइएको छ ।

सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको “साउदर्न स्पियर” अभियान–अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा संदिग्ध लागु औषध तस्करी गर्ने डुङ्गाहरू विरुद्ध अमेरिकी सैन्य कारबाहीको श्रृङ्खलामा आक्रमण भएको जनाइएको छ ।

अभियान सुरु भएदेखि भएको आक्रमणमा कम्तिमा १३० जना मारिएको रिपोर्ट गरिएको छ, भन कानुनी विशेषज्ञहरू र अधिकार समूहहरू बीच अन्तर्राष्ट्रिय जलमार्गमा त्यस्ता अपरेसनहरूको वैधानिकता र निरीक्षणको बारेमा बहस सुरु भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार