क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

उज्यालो प्रतिनिधि ८ आश्विन २०८२, बुधबार समाचार

बागमती, जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ ।

क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए । “कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भएपनि सेवा त सुरु गर्नुप¥यो”, प्रमुख सुवेदीले भने, “त्यसैले क्यान्टिनसफा गरेर राजस्व सङ्कलन सुरु गरेका छौँ ।” अन्य सेवा कसरी सञ्चालन गर्ने भवनको खोजी गरिरहेको उनको भनाइ छ ।

प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताए । क्षति विवरण सङ्कलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भइ सकेको छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार