खानीखोला ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा समावेश, अध्यक्ष थिङको पहल सार्थक

उज्यालो प्रतिनिधि १२ भाद्र २०८२, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खानीखोला गाउँपालिकालाई कार्यक्रममा सुचीकृत गराउने निर्णय भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

‘खानीखोला गाउँपालिकाका अध्यक्षज्यू आफैँले गर्भवती महिलालाई काँधमा बोकेर अस्पताल ल्याएको दृश्य देखेपछि म साँच्चै भावुक भए, त्यही कारण मैले खानीखोलालाई यस कार्यक्रममा सुचीकृत गराए’ मन्त्री सुडीले भने ।

यससँगै खानीखोला गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश भएको हो । सरकारले सो कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धि कार्यविधि–२०७७ अनुसार सञ्चालन गरिरहेको थियो । कार्यविधिलाई संशोधन गर्दै मन्त्रालयले खानीखोलासहितका केही दुर्गम गाउँपालिकालाई कार्यक्रममा समेटिएको छ ।

आर्थिक वर्ष २०७५र०७६ बाट यो कार्यक्रम लागू गरिएको थियो । खानीखोलालाई यस कार्यक्रममा समावेश गराउनका लागि संघीय सांसद एवम् पूर्वमन्त्री सुर्यमान दोङले निरन्तर सम्बन्धित पक्षलाई खबरदारी गर्दै आएका थिए । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले यस कार्यक्रममा खानीखोलालाई समावेश गराउनका लागि निर्वाचित भएदेखि नै निरन्तर पहल गरिरहेका थिए ।

कार्यक्रम लागू भएपछि गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले फेसबुकमा लेखेका छन्,

आदरणीय खानीखोलाबासी जनसमुदाय
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ कार्यक्रममा खानीखोला गाउँपालिकालाई समावेश गर्न पाएको खुसी बाँड्न पाउँदा हर्षित छु । निरन्तरको प्रयास, दबाब र ताकेतापछि खानीखोला गाउँपालिका यस कार्यक्रममा समावेश भएको छ । गाउँपालिकामा हामी निर्वाचित भएदेखि भएदेखि नै हामीले यस कार्यक्रममा हाम्रो गाउँपालिकालाई समावेश गराउनका लागि निरन्तर पहल गरिरहेका थियौँ । हाम्रो गाउँपालिकालाई यस कार्यक्रममा समावेश गराउनका लागि निरन्तरको पहलकदमीमा सघाउनुहुने माननीय संघीय सांसद सुर्यमान दोङज्यू, महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत, माननीय मन्त्री नवल किशोर साह सुडी लगायत सबै सरोकारवालाहरुमा खानीखोला गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार