नेपाल उद्योग व्यापार महासंघद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २५० भन्दा बढीको सहभागिता

उज्यालो प्रतिनिधि ९ श्रावण २०८२, बिहीबार मुख्य नेटवर्क

कमल राज पुरी ।
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले आफ्नो चौथो स्थापना दिवसको अवसरमा “रक्तदान जीवनदान रक्तदान महादान” भन्ने मूल नारासहित काठमाडौंको चावहिलस्थित एसी कम्प्लेक्समा विशेष बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २५० भन्दा बढी उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रमबाट जम्मा ५७ पिन्ट रगत संकलन भएको महासंघले जनाएको छ। संकलित रगत रक्तसञ्चार सेवा केन्द्रमार्फत आवश्यक व्यक्तिहरूलाई उपलब्ध गराइनेछ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले यस्तो मानवीय कार्यले नागरिक जीवनको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो रक्तदान केवल एक सामाजिक कार्य मात्र होइन, यसले आवश्यक व्यक्तिलाई जीवनदान दिन सक्छ। यस्ता कार्यक्रमले नागरिकबीच सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्छ।”

रक्तदान कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव खिम नारायण पराजुलीले गर्नुभएको थियो। कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष टी. आर. भण्डारी (शंकर)ले गर्नुभएको थियो।

महासंघका उपाध्यक्ष यज्ञ पन्तका अनुसार कार्यक्रममा मनानीय श्री गंगा कार्की, बिभिन्न प्रतिष्ठित ब्यक्तित्वहरु, सस्थाका बरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ एवम् अन्य पदाधिकारी, सचिवालय, कार्यसमितिका सदस्य, बागमती प्रदेश शाखा तथा काठमाडौं, ललितपुर, भक्तपुर, र काभ्रेपलान्चोक जिल्ला शाखाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा जनस्वास्थ्य, शिक्षा र मानवसेवा सम्बन्धी कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। केही दिनअघि मात्रै महासंघले मातृ नेपाल बालगृहमा रहेका बालबालिकालाई फलफूल तथा शैक्षिक सामग्री वितरण गरेको थियो।रक्तदान कार्यक्रम महासंघको आयोजनामा सम्पन्न दोस्रो सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम हो, यद्धपी ७ वटै प्रदेशका शाखाहरुले बिभिन्न स्थानमा दर्जनौ कार्यक्रमहरु आयोजना गरी सम्पन्न भएको कार्यक्रमका संयोजक टि.आर. भण्डारी (शंकर)ले उज्यालो नेटवर्कलाई जानकारी दिनुभयो |

नेपाल उद्योग व्यापार महासंघ साना, मझौला तथा ठूला व्यवसायीहरूको हकहितमा आवाज उठाउँदै सामाजिक रूपान्तरणका पक्षमा समेत अग्रसर हुँदै आएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार