व्यवस्थापन संकायमा स्नातकोत्तर अटो चालक द्वारिका

उज्यालो प्रतिनिधि ६ श्रावण २०८२, सोमबार मुख्य नेटवर्क
लमजुङ ।  व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका यहाँको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउछन  । राजनीति र समाजसेवा समेत गर्दै आएका उनले विगत दुई वर्षदेखि अटो चलाउन था्लेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाउने गरेको बताए । “मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले  अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन । उनीहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उनले भने ।
सुन्दरबजार र बेँसीसहरको रुटमा अटो चलाउने गरेको उ्नको भनाइ छ । बिहान ५/६ बजेदेखि राति ८/९ बजेसम्म अटो चलाउने र यसको अलवा पार्टीको काममा खटिने गरेको उ्नले बताे । उनले भने , “दैनिक सो समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पु-याउन अनुरोध गरेमा राति १२/१ बजेपनि पु-याउने गर्छु ।”
उनका एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैंकमा कार्यरत छन् । घरमा आफू र श्रीमती मात्र रहेको उनले बताए  । त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ ।
प्रष्ट वक्ता, सहयोगी भावना र लोकप्रियसमेत उ्नले राजनीतिको सुरुवात विसं २०३७ मा एमाले निकट भातृ सङ्गठन अनेरास्ववियुमा आबद्ध हुँदै सुरु गरेको थियो । विसं २०५२/५३ मा एमाले परित्याग गरे । पछि नेपाली कांग्रेसमा आबद्ध हुँदै विसंं २०६५/६६ तिर नगर सचिव, विसं २०७० मा वडा नागरिक मञ्च संयोजक, विसं २०७२ मा सुन्दरबजार नगर कमिटी सभापति  भएका थिए = । विसं २०७४ मा कांग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने चाहना रा्खे । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार  बने । तर उनी पराजित  भए ।
उनलाई कांग्रेसले कारबाही गरेपछि उनी स्वतन्त्र रूपमा सङ्गठन बनाएर सुन्दरबजारमा उद्योग वाणिज्य सङ्घ, खानेपानी जस्ता सङ्घसंस्थाका निर्वाचनमा उहाँको समूह निर्णायक बन्यो । विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि मिश्रले स्वतन्त्र उम्मेदवारी दिए  र पराजित भए । विसं २०७९ को स्थानीय निर्वाचनमा मिश्रले पुनःसुन्दरबजारको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए । तर विजयी हुन सकेन ।
त्यसपछि विसं २०७९ साउनमा १५० जनासहित मिश्र एमालेमा प्रवेश गर्नुभयो । सो पश्चात् नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरको सहइन्चार्जको जिम्मेवारी प्राप्त गरे । पछि नगर कमिटीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भए  । सो यता नगर कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन ।
राजनीतिक र सामाजिक रूपमा उनको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उनले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन । बेरोजगार भएर पनि सानो तिनो काम नगर्ने बरू नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उनी उदाहरण बनेका छन ।
विसं २०४१ मा एसएलसी पास गर्नुभएका उहाँले विसं २०५६ मै काठमाडाँैको सरस्वती क्याम्पसबाट ‘एमविए’ उत्तीर्ण गरेका  उनले १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गरेका छन ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार