काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबैको सहमतिमा सदन सुचारु गर्न ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
श्रेष्ठले लेखेका छन्, ‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपी अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन ।सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। त्यसप्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।’






