‘लिजा’मा छिन्ताङ नेतृत्वको खानीखोला र वित्त आयोगमा कान्छालाल नेतृत्वको महाभारत काभ्रेकै ‘प्रथम’

काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने दुईवटा गाउँपालिका काभ्रेकै प्रथम बन्न सफल बनेको छ । डाँडापारि क्षेत्रको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका काभ्रेकै उत्कृष्ट गाउँपालिका बनेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०/०८१ को प्रारम्भिक नतिजामा खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमध्ये पहिलो बनेको हो भने र महाभारत गाउँपालिका राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अन्तिम नतिजा अनुसार काभ्रेकै पहिलो गाउँपालिका बनेको हो ।

खानीखोला गाउँपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सचिव इन्द्रबहादुर थिङ छिन्ताङले गरिरहेका छन् । छिन्ताङले नेतृत्व गरिरहेको खानीखोला काभ्रेकै उत्कृष्ट पालिका बनेसँगै जिल्ला समन्वय समिति काभ्रेले मंगलबार एक कार्यक्रमको बीच सम्मान समेत गरेको छ ।

जिल्ला समन्वय समिति काभ्रेको वार्षिक प्रगती समीक्षा कार्यक्रमको अवसरमा अध्यक्ष थिङलाई सम्मान गरिएको हो ।

वित्त आयोगको नतिजामा काभ्रेमै उत्कृष्ट बन्यो कान्छालाल नेतृत्वको महाभारत गाउँपालिका
यसैगरी कान्छालाल जिम्बाले नेतृत्व गरिरहेको डाँडापारि क्षेत्रकै महाभारत गाउँपालिका राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अन्तिम नतिजा अनुसार काभ्रेकै पहिलो गाउँपालिका बनेको छ ।

शुन्य बेरुजु कायम गरी देशकै एकमात्र गाउँपालिका बन्न सफल बनेको महाभारत गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को वित्त आयोगको अन्तिम नतिजामा काभ्रेकै प्रथम गाउँपालिका बनेको हो ।

लगातार उत्कृष्ट नतिजा ल्याइरहेको महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बालाई मंगलबारे जिल्ला समन्वय समिति काभ्रेले एक कार्यक्रमका बीच सम्मान समेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार