माओबादी केन्द्र मदाने काठमाडौ सम्पर्क समितिको सम्मेलन सम्पन्न,अध्यक्षमा भुसाल

उज्यालो प्रतिनिधि ३२ जेष्ठ २०८२, शनिबार मुख्य नेटवर्क

कमल राज पुरी ,काठमाडौ। माओबादी केन्द्रको गुल्मी मदाने गाउपालिका काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार बिहान किर्तिपुरक‍ो जेनिथ एजुकेसनको हलमा सम्पन्न भएको सम्मेलनले शिव भुसालको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको छ ।

जसमा अध्यक्ष शिव भुसाल ,उपाध्यक्षमा मनिषा भुसाल ,सचिवमा महेन्द्र के.सी. ,कोषाध्यक्षमा सरोज जिसी
सदस्यहरुमा कुशल पुन ,महेन्द्र भुसाल ,निमेश भुसाल लगायत रहेका छन ।प्रेम भुसालको अध्यक्षतामा सम्पन्न भएको सम्मेलमा प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका पुर्व जिल्ला इन्चार्ज तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका जन सम्पर्क बुद्धि जिसी रहनुभएको थियो भने अतिथिहरुमा गुल्मी काठमाडौ सम्पर्क समितिका अध्यक्ष सन्दिप भट्टराई ,शेखर अर्याल , कमल भुसाल , प्रेम प्रसाद भुसाल लगायत रहनु भएको थियो ।

उक्त कार्यक्रम सञ्चालन गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिका सचिव अशोक खडकाले गर्नुभएको थियो । असार २१ गते गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिक‍ो सम्मेलन गर्नका लागि बृहत् तयारीमा लागेको पनि खडकाले उज्यालो नेटवर्कलाई बताउनु भएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार