मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। उनले बौद्ध परम्पराअनुसार विधिपूर्वक शिलान्यास गरेका हुन्।
पार्टीका जिल्ला समन्वय समिति ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठे सो भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गा दान गरेका हुन्।
शिलान्यास समारोहमा अध्यक्ष दाहालले पार्टीको भौतिक संरचना विकाससँगै सङ्गठन सुदृढीकरण र मुस्ताङी जनताको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै उनले स्थानीय नेता तथा कार्यकर्तालाई जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।






