पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

उज्यालो प्रतिनिधि १७ बैशाख २०८२, बुधबार समाचार
काठमाडौँ, प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल
काठमाडौँ, नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए । यसैगरी सङ्घको सदस्यहरुमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र विदित श्रेष्ठ निर्वाचित भए ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचारप्रसार एवं व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
पाँच दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैङ्ककको विमानस्थल उस्तै भएपनि अहिले बैङ्ककको विमानस्थल पर्यटक आगमनकै कारण बिस्तार भएर विश्वकै ठूलामध्येमा पर्ने बताउदै  उनले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि बिस्तार गरिनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपाललाई अन्तरराष्ट्रियस्तरमा प्रमुख गन्तव्य स्थलका रुपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको बताउनुभयो । धर्म, संस्कृति अध्ययन सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौँ नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।
टे«किङ एजेन्सी एसोसियसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले उद्यम गर्न सहज वातावरणका लागि सबै एक हुनुपर्ने बते । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले मानसरोवर यात्रामा सहजीकरण भएको बताए ।
सङ्घका नवनिर्वाचित अध्यक्ष सिग्देलले पनौती, हेलम्बु, चन्द्रागिरी, नुवाकोटलगायत स्थल क्षेत्रमा धार्मिक एवं सांस्कृतिक अनुसन्धान गरिएको बताउँदै अब त्यस आधारमा गतिविधि सञ्चालन गरिने बताए ।
कार्यक्रममा पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । त्यसअवसरमा पर्यटन व्यवसायी रामशरण नेपाल, पर्यटन यातायात व्यवसायी सम्मान केदारनाथ कट्टेल, पर्यटन व्यसायी सम्मान विकास थापा, चिया व्यवसायी रामेश्वर महर्जन, पर्यटन तथा पथप्रदर्शक राजकाजी महर्जन र होटल व्यवसायी चिरञ्जीवी भट्ट उत्कृष्ट सेवा प्रदान गरिए उल्लेख गर्दै सम्मानित गरिएको थियो ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर  सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरेपनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उनले भने ।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।
सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार