काठमाडौ । तामाङ चलचित्रका महानायक अमिर दोङ अभिनित म्युजिक भिडियो ‘सेम न्हाङरी’ सार्वजानिक भएको छ । बौद्ध स्थित सेकुवा जक्शनमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको अफिसिय म्युजिक भिडियो बजारमा ल्याएको हो । गीतमा गायक तथा संगीतकार विहिन दोङ र गायिका जितु लोप्चनको आवाज रहेको छ ।
“सेम न्हाङरी’ म्युजिक भिडियो केवल एउटा गीत मात्र होइन प्रेमको अभिव्यक्ति पनि हो। हाम्रो कला, संगीत, र परम्परालाई अघि बढाउने प्रयासस्वरूप यो भिडियो दर्शकमाझ ल्याएका हौं। यसमा हाम्रो भाषा, संस्कृति, र भावनाहरू गहिरो रूपमा झल्किन्छन्। आशा छ दर्शकले मनपराउनु हुनेछ।” महानायक दोङ ले भने।
गायक तथा संगीतकार विहिन दोङको संगीत र आवाज रहेको ङला लिला गुङरी च्यागो, कसम कसम, सेमतिङ, अड्कल लसी आपीन माया जस्ता प्रेम गीत अत्याधिक मात्रामा रुचाईएका गीतहरु हुन् । आईतबार डम्फु मिडिया मार्फत सार्बजनिक गरिएको म्युजिक भिडियो सेम न्हाङरीको अफिसियल अडियो भने यस अघि नै सार्बजनिक गरिसकेका थिए । हालै सार्बजनिक गरिएको गीत सेम न्हाङरीमा शब्द भने तामाङ पत्रकार संघका संघीय सदस्य तथा मिशन समृद्ध नेपालका अध्यक्ष सुदिन दोङको रहेको छ । यस गीतमा संगीत विहिन दोङकै रहेको छ।
गीतको भिडियो तर्फ तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा उनै दोङको साथमा नायिका तथा मोडल अम्बिका तामाङ र अस्मिता तामाङको मुख्य अभिनय रहेको छ भने चर्चित हांस्य कलाकार कुईसाङ रुम्बालाई समेत देख्न सकिनेछ ।






