प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा उपाध्याय

उज्यालो प्रतिनिधि ९ चैत्र २०८१, आईतवार कला/साहित्य

गण्डकी, प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई चयन गरिएको छ ।

त्यसैगरी सङ्घको गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङका अध्यक्ष वासुदेव थापा, तनहुँका अध्यक्ष विनोदकुमार विक, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, कास्कीका अध्यक्ष छवि सुवेदी विजयी, नवलपुरका अध्यक्ष काशीराम गैरे, पर्वतका अध्यक्ष आनन्द रिमाल, बागलुङका अध्यक्ष विजय राना तथा म्याग्दीका अध्यक्ष लीला गाउँले पदेन सदस्य रहेका छन् ।

अधिवेशनमा बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बागलुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ । अधिवेशनमा सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई ‘गण्डक साहित्य पुरस्कार’बाट सम्मानित गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार