गायिका ज्योति मगरले ल्याइन् ‘जवानीको उद्घाटन’

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८१, मंगलवार कला/साहित्य

शिवु खनाल, देउखुरी । नेपाली सांगीतिक क्षेत्रकी चर्चित लोकगायिका ज्योति मगरले ‘जवानीको उद्घाटन’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् ।ज्योति मगरकै युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोले छोटोसमयमै धेरै दर्शकको मन जित्न सफल भएको छ । गीत बजारमा नआउँदै ज्योति मगरको जवानीको उद्घाटन हुँदै भनी सामाजिक सञ्जालमा उनैले गरेको पोष्टले दर्शकश्रोता त्यसैको प्रतिक्षामा थिए र अहिले त्यो प्रतिक्षाको घडी सकिएको छ ।

प्रयास मगरको शब्द रचना रहेको यस गीतको स्वरमा ज्योतिलाई गायक कृष्ण केसीले साथ दिएका छन् । संगीत पनि केसी स्वयंले भरेका छन् । सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लोशिना लामिछानेको साथमा निर्देशक क्षेत्री स्वयं फिचर्ड छन् ।

उमेर पुगेका प्रेमील जोडीलाई लक्षित गरिएको यो गीतमा सुनिल र लोशिनाको नृत्यसँगै जोडी जमेको देखिन्छ । रमणीय वातावरणमा जय रेग्मीले खिचेको उक्त भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।ज्योति मगर नेपाली संगीत प्रेमीमाझ निकै चर्चित छन् । उनका जे गीत आउँछन्, चर्चा नकमाएको रेकर्ड छैन । यसपटक फेरि उनले दर्शकलाई गज्जबको कोशेली ल्याएर आएकी हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार