गैंडाकोटका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुलटबलमा कर्मचारी विजयी

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०८१, बिहीबार गण्डकी प्रदेश

गैंडाकोट । ७५ औँ प्रजातन्त्र दिवशको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा जनप्रतिनिधीहरु र कर्मचारीहरुका विचमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा कर्मचारीहरुको समूह विजयी भएको छ । गैडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा गैँडाकोट नगरपालिकाका कर्मचारीहरु विजयी भएका हुन् । कर्मचारीहरुको टोलि सोहि नगरपालिकाका जनप्रतिनिधीलाई १ विरुद्ध २ गोल गर्दै विजयी भयो ।

निर्धारित ६० मिनेटको समयावधिको पहिलो हाफसम्म दुवै समूहबाट कुनै गोल हुन सकेको थिए । दोस्रो हाफमा कर्मचारीहरुको तर्फबाट विजय गुरुङले गोल गर्दै कर्मचारीहरुको खेलाडीहरुकोे मनोवल उच्च बनाएका थिए । दोस्रो हाफको केहि मिनेटपछि कर्मचारीहरुकै तर्फबाट मुकुन्द कंडेलले अर्को गोल गर्न सफल भए । दोस्रो हाफको अन्तिम समयमा जनप्रतिनिधीहरुको तर्फबाट दिनेश कुमालले १ गोल फर्काएपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर जनप्रतिनिधीका धामनाथ सापकोटा र उत्कृष्ट खेलाडी कर्मचारीका विजय गुरुङ घोषित भए । विजयी खेलाडी तथा समूहलाई गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा रहेको प्रस्तावित क्षेत्रीय रंगशालामा भएको प्रतियोगिताको एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन शत्रमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल,नेकपा एमालेका नगरअध्यक्ष कृष्ण कंडेल, रास्वपाका नगर सचिव अस्मिता घिमिरे, समाजसेवी गोकुल सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार