जिल्लाका स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट बन्यो विनयी त्रिवेणी गाउँपालिका

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०८१, बिहीबार गण्डकी प्रदेश

नवलपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन सूचकको मुल्याङ्कनको आधारमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ ।

गाउँपालिका ७३.२ अंक सहित जिल्लाको उत्कृष्ट र गण्डकी प्रदेशको आठौं उत्कृष्ट स्थानीय तह बनेको हो । नवलपुर जिल्लामा विनयी त्रिवेणी गाउँपालिका उत्कृष्ट हुदाँ क्रमशः देवचुली नगरपालिकाले ७१.४ अंक, गैंडाकोट नगरपालिकाले ७०.९ अंक, मध्यविन्दु नगरपालिकाले ६८.६ अंक, बौदीकाली गाउँपालिकाले ६३.९ अंक, कावासोती नगरपालिकाले ६२.९ अंक, हुप्सेकोट गाउँपालिकाले ६०.८ अंक र बुलिङ्गटार गाउँपालिकाले ४६.३ अंक प्राप्त गरेका छन् ।

आयोगले सार्वजनिक गरेको सूचक अनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेको हो ।

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पास गरे-नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे-नगरेको, आउँदो आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेकोलगायतका विषयमा मूल्यांकन गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार