कोइलाबास नाकालाई सक्रिय बनाइने

उज्यालो प्रतिनिधि ५ फाल्गुन २०८१, सोमबार समाचार

शिवु खनाल, देउखुरी । उहिले–उहिले अन्नपातको मात्र व्यापार हुन्थ्यो । गाउँ–गाउँमा चाहार्याे, अन्नपात बटुल्यो । कोईलाबास लग्यो, गल्ला फाल्यो । उताबाट नुन, चिनी लत्ता कपडा ल्यायो । नुन, लत्ता कपडा, चिनी, दाल लिन रुकुम रोल्पाका कोही हिँडेर, कोही घोडा लिएर कोईलाबास पुगेका हुन्थे । त्यो बेला कोईलाबास ठुलै बजार थियो । २०४० सालसम्म कोईलाबास बजार त्यो बजारका व्यापार हाम्रै बाउबाजेहरुले गर्थे । विकास नपुग्दा अस्ताएको कोईलाबासमा विकास पुग्यो । तर अवस्था अझै उस्तै छ ।’ गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास निवासी स्थानीय सद्दाम सिद्धिकीले भने, ‘लमहीबाट कोईलाबास अहिले बस चल्छ, पर्यटकहरु कोईलाबास नाकाबाट भित्रने बाहिरिने गर्दछन् । तर व्यापार चलेको छैन ।’ लमहीदेखि कोईलाबाससम्म ३३ किलोमिटर कालोपत्रे सडक बनेको छ । सडक बनेसँगै कोईलाबास नाकाले पुरानै लय समात्ने उत्साहमा नाकावासीहरूलाई छोएको थियो । कोईलाबास नाका उठ्न नसक्दा स्थानीयहरू निराश पारेको सिद्धिकीले बताए । उनले भने, ‘नाका चल्न छोडेपछि पुराना व्यापारीहरू पनि कोही घोराही, लमही, पुगे, कोही नेपालगन्ज पुगे । जान नसकेकाहरू बसेकाहरू पनि अब अन्तै सर्छन् की भन्ने डर छ ।’

कोईलाबास नेपालको पुरानो दोस्रो ठुलो भन्सार नाका हो । सडक, पूर्वाधार अभावसँगै कोईलाबास भन्सार नाका बन्दै गयो । पश्चिम जमुनिया नाका बाँके र पूर्वका कृष्णनगर भन्सार नाका फस्टाए । २०४० सालसम्म नेपालको राम्रै नाका रूपमा कोईलाबास चलेको थियो । जहाँ हामी नुनदेखि सुनसम्मको व्यापारी नाका थियो । तीन वर्षदेखि नेपाल सरकार भन्सार चलाउने तयारीमा रहे पनि भारत सरकारले कोईलाबास नाका चलाउनमा आनाकानी गरिरहँदा कोईलाबास नाका उठ्न नसकेको कोईलाबास भन्सार कार्यालयका प्रमुख वसन्त रजौरेले बताए । नेपाली भन्सार कार्यालय कोइलाबासमा रहे पनि भारतीय भन्सार कार्यालय व्यवस्थित गर्न भारत सरकार तयार नहुदा कोईलाबास भन्सार नाका सञ्चालनमा समस्यामा परेको उनले बताए । उनले भने, ‘कोईलाबास नाका स्थानीयले चिनी, नुन, साबुन भित्र्याउने नाकामा मात्रै सीमित बनेको छ ।’ स्थानीयहरू धेरथोर किनमेल गरेर भन्सार अस्तित्व जोगाए पनि भारतीय तीर्थयात्रीहरू पनि केही भित्रन थालेको उनले बताए । कोईलाबास नाका सञ्चालन हुन सके अन्य नाका भन्दा सरकारले राजस्व संकलनमा टेवा पुग्ने सम्भावना पनि देखिन्छ ।

यता देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले कोइलाबास नाकालाई नियमित रुपमा चलायनमा गर्न तीनै तहका सरकारको समन्वयकारी भुमिका रहनुपर्ने बताए । उनले कोइलाबास नाकालाई व्यवस्थित तवरले नियमित रुपमा संचालन गरि लुम्बिनी प्रदेश लगायत नेपालमा उत्पादित विभिन्न बस्तुभाउहरु भारत निकासीको व्यवस्था मिलाउनुपर्ने बताए । उनले भने, ‘त्यसको लागि सरकारले कोइलाबास नाकामा रहेका विभिन्न बाधा र अवरोध नेपाल–भारतको समन्वयमा खुलाउन आवश्यक रहेको छ । आयात निर्यात सहज गराउनेतर्फ सरकारी पक्षबाटै बेवास्ता गरिँदै आएको व्यवसायीको गुनासो छ । यस विषयमा नेपाल सरकार गम्भिर बन्नुपर्ने देखिन्छ ।’ यता कोइलाबास नाकाबाट हुने आयात निर्यात प्रक्रियालाई सहज र सरल बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउदैँ आए पनि सरकारले चासो नदेखाएको स्थानिय पवन शर्मा रिजालले बताए । उनले सरकारी पक्षकै उदासीनताका कारण कोइलाबास नाका निरन्तर पछि पर्दै जान थालेको उनले बताए । राजस्व जसरी पनि उठाउने तर भन्सार सहजीकरणका लागि पूर्वाधार तयार गर्नेतर्फ सरकारले ध्यान नदिँदा यो समस्या आएको रिजालले बताए ।

नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ गर्दै आर्थिक र सांस्कृतिक सहकार्यलाई अघि बढाउन कोइलाबास नाकालाई पुनः सक्रिय बनाउनुपर्ने आवश्यकता प्रष्ट देखिएको छ । भारतको तुलसीपुरमा नेपाल भारतका व्यवसायिक नेतृत्वको दुइपक्षिय छलफलले दुई देशबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन कोइलाबासको महत्वलाई केन्द्रबिन्दुमा राखेको छ । देउखुरी उद्योग वाणिज्य संघ, लमही र भारतको बलरामपुर उद्योग व्यापार मण्डलका प्रतिनिधिहरूबिच भएको बैठकमा कोइलाबास नाका सञ्चालनको विषयमा गम्भीर छलफल भएको थियो । नेपाली पक्षबाट देउखुरी उद्योग वाणिज्य संघ लमहीका कोषाध्यक्ष हरी थापाले कोइलाबास नाकाको पुनर्जीवनले दुवै देशलाई आर्थिक लाभ दिलाउने बताए । उनले भने, ‘कोइलाबास नाका चलाएमा नेपालको लमही व्यापारिक केन्द्रबिन्दु बन्न सक्छ, यसले भारतीय पर्यटक र व्यापारीहरूलाई सहज प्रवेशको अवसर दिन्छ ।’ व्यापार मण्डल बलरामपुर भारतका अध्यक्ष श्याम बिहारी अग्रहरीले भन्सार प्रक्रियालाई डिजिटल बनाउने, सीमा व्यापारलाई सहजीकरण गर्ने, र धार्मिक पर्यटकीय मार्गहरूलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई व्यापारिक सहकार्यमार्फत सुदृढ गर्न भारतले निरन्तर प्रयास गर्नेछ ।’

दुवै पक्षले कोइलाबास नाकाको पुनःउत्थानका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिइएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका उद्योग उपाध्यक्ष केशवराज पोख्रेलले २०५१–५२ सालदेखि ठप्पजस्तै रहेको कोइलाबास नाका अहिले पनि नेपाली र भारतीय दुवै पक्षका लागि आर्थिक फाइदाको माध्यम बन्ने बताए । दुई देशको साझा प्रयास आवश्यक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन कोइलाबास नाका मात्र व्यापारिक मार्ग होइन, यो दुई देशको सांस्कृतिक र धार्मिक सम्पर्कको प्रतीकसमेत हो । यस्तो महत्वपूर्ण स्थानलाई पुनः सक्रिय बनाउन दुवै देशका सरकार र निजी क्षेत्रले साझा प्रयास गर्नुपर्नेमा जोड दिएको छ । कोइलाबासले व्यापार मात्र नभइ आपसी भाइचाराको सन्देश पनि प्रवाह गर्ने भएकाले नाका पुनः सञ्चालनका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने सहभागिको जोड थियो ।

देउखुरी उद्योग बाणिज्य संघ परिवारलाई कुम्भ मेला स्नानको निम्तो

देउखुरी उद्योग बाणिज्य संघ लमही परिवार भारतमा चलिरहेको कुम्भ मेला र स्नानमा सहभागी हुने भएको छ । छिमेकी राष्ट्र भारतको नगर उद्योग व्यापार मण्डल उत्तर प्रदेश बलरामपुरले देउखुरी उद्योग बाणिज्य संघ परिवारलाई मेला भर्न निम्तो दिएको हो । व्यापार मण्डल भारतको समूह शनिबार लमहीमा आएर अनिवार्य उपस्थितीका लागि निम्तो दिएको हो । व्यापार मण्डल बलरामपुर भारतका अध्यक्ष श्याम बिहारी अग्रहरीको समूह लमहीमा आएर एक औपचारिक कार्यक्रमको आयोजना गरि निम्तो दिएको हो । अग्रहरीले व्यापारी एक हुनुपर्ने जनाउँदै यो सांगठनिक मित्रताले नेपाल–भारत दुईदेश बिचको अन्तर सम्बन्ध सुमधुर हुने बताए । भेटघाटको अबसर पारी देउखुरी उद्योग बाणिज्य संघले भर्खरै सम्पन्न महोत्सबमा अतुलनिय योगदान गरेको भन्दै व्यापार मण्डल भारतलाई कदर पत्रले सम्मान गरेको थियो । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले गौतमबुद्वको मुर्ती अंकित मायाको चिनो व्यापार मण्डल बलरामपुर भारतका अध्यक्ष श्याम बिहारी अग्रहरीलाई प्रदान गरिएको थियो । महोत्सब उद्घाटन समारोहमा व्यापार मण्डलको समूह लमही आएर थप आकर्षक बढेको थियो ।

व्यापार मण्डलको निम्तोलाई सहर्ष स्वीकार्दै देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिँह ठकुरीले यो मित्रता सधै यथावत रहने र यो मित्रताले दुईदेश बिचको सम्बन्ध प्रगाढ बन्ने कुरामा बिश्वास ब्यक्त गरे । उनले कोईलाबास नाकामा देखा परेका समस्यालाई हल गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री समक्ष पहल गरिरहेको र भारतमा पनि व्यापार मण्डलले पहल थाल्नुपर्ने सुझाब दिए । भेटमा व्यापार मण्डलका महामन्त्री रुपचन्द गुप्ता, कोषाध्यक्ष राधेश्याम चौरासिया, युवा अध्यक्ष प्रदिप गुप्ता, पत्रकार जैसिङ, उपाध्यक्ष राम गोपाल कसौधन मन्त्री, राप्ती उद्योग बाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का, नेपाल उद्योग व्यापार संघ देउखुरी अध्यक्ष गञ्ज बहादुर बिष्ट, देउखुरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि थापा, नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य टेकबहादुर पुन लगायतको उपस्थिती थियो ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार