नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०८१, आईतवार अर्थ

काठमाडौँ, साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बिमा एक दशमलव २८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ९४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९८, विकास बैंक शून्य दशमलव ०८, होटल तथा पर्यटन एक दशमलव ९५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी एक दशमलव १७, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त एक दशमलव ८६, व्यापार शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार