मनिश श्रेष्ठ र मोडल आभा थापा अभिनित ‘गाजल’ले चर्चा बटुल्दै

उज्यालो प्रतिनिधि २ फाल्गुन २०८१, शुक्रबार कला/साहित्य

काठमाडौँ । गायक, मोडल र विश्वकीर्तिमानी मनिश श्रेष्ठ र मोडल आभा थापा अभिनित नयाँ गीत “गाजल” ले सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै छ। यो गीत मनिश श्रेष्ठको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको बोल सुशिला श्रेष्ठले लेखेकी हुन् भने स्वयं मनिश श्रेष्ठले संगीत दिएका छन् । गायनमा मेलिना राइ र मनिश श्रेष्ठको स्वर रहेको छ। गीतको मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका छन्। यसले गीतलाई सुमधुर र भावपूर्ण बनाएको छ।

भिडियोको निर्देशन र कोरियोग्राफी पनि मनिश श्रेष्ठले नै गरेका हुन । छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका हुन् भने सम्पादन पदम सुवेदीले र निर्माण दीपेन्द्र श्रेष्ठले गरेका छन्। भिडियोमा बालकलाकार पदम र जेनिशाको अभिनयले चासो बढाएको छ।

भिडियो सार्वजनिक भएपछि दर्शकहरूले यसलाई “उत्कृष्ट”, “भावपूर्ण”, र “सृजनात्मक” भनी प्रशंसा गरिरहेका छन्। मनिश श्रेष्ठले यसैगरी गीत, संगीत, निर्देशन, र कोरियोग्राफीमा आफ्नो बहुमुखी प्रतिभा देखाउँदै आइरहेका छन्। उनले भने, “गाजलले सांस्कृतिक संवेदनशीलता र आधुनिकताको मिश्रण गरेको छ। यो गीत श्रोताहरूको मनमा ठाउँ पाउने विश्वास छ।” “गाजल” गीतले नेपाली सांगीतिक उद्योगमा नयाँ मानक स्थापित गर्ने संभावना देखाएको छ। मनिश श्रेष्ठ र उनको टोलीले गरेको यो साझा प्रयासले नेपाली कलालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयासलाई पनि बल मिलेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार