‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को निर्णायकमा सुनिल गिरी र रबिता मगर

उज्यालो प्रतिनिधि २ फाल्गुन २०८१, शुक्रबार कला/साहित्य

काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ मा नृत्य निर्देशक संघ युरोप शाखाका अध्यक्ष सुनिल गिरि र कोरियोग्राफर रबिता मगर निर्णायकको भुमिकामा छन । गिरिले यसअघी जोसेफ डान्सिङ आइडल, रिलाइन्स डाअन्सिङ एण्ड सिंगिङ आइडल, नुवाकोट तमु समाजद्धारा आयोजित ल्होछार कार्यक्रमको निर्णायकको भूमिका निभाइसकेका छन ।

त्यसैगरी रबिता मगर प्रोफेशनल कोरियोग्राफरका रुपमा स्थापित भइसकेकी छन । पर्दा पछाडी बसेर काम गर्ने रबिता २०७० मा भने रियो छमछमी सिजन ३ मा सहभागी भइन । नृत्यङ्गनाका रुपमा सहभागी उनी उक्त शोको फाइनालिष्ट समेत हुन् । पछील्लो समय म्युजिक भिडियो कोरियोग्राफी, डान्स टिचरको रुपमा उनी व्यस्त छिन् । आफुलाई मोडलको रुपमा पनि स्थापित गराउन सफल मगरले कोरियोग्राफीमा गुरु आमाको उपमा समेत पाइसकेकी छिन् । रबिताको योगदानलाई विभिन्न संघ, संस्था तथा विद्यालयहरुले अवार्ड, सम्मान समेत गरेका छन् ।

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन गत शनिबार सम्पन्न भएको थियो । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । नृत्य निर्देशक एंव अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाहरुको हौसला बढाउन र आफ्नो प्रतिभा प्रस्फुटन गर्नको निम्ती काम गरेको बताएका छन । प्रतियोगीताको सम्पूर्ण जिम्मा निर्णयक मण्डललाई दिने र १०० प्रतिशत फेयर हुने दाबी समेत गरे । प्रतियोगितामा २३५ जना प्रतियोगीहरुको सहभागी रहेको थियो । प्रतियोगीहरु काठमाडौ र भक्तपुरका विभिन्न स्कुलका विद्यार्थीहरु रहेका थिए ।मेगा राउन्डको लागि छनोटमा नपरेका प्रतिस्पर्धिहरुलाई नृत्य निर्देशक केशव कोइरालाले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको मेगा राउण्ड आगामि शनिबार फागुन ३ गते गरिने आयोजकले जानकारी दिए । त्यसैगरी सेमी फाइनल र फाइनल कार्यक्रम बारे फागुन ३ गते नै जानकारी दिने कार्यक्रम निर्देशक बाबु सेन्चुरीले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रोलाई १० हजार रुपैयाँ, तेस्रोलाई ७ हजार रुपैयाँ,चौथो र पाँचौ स्थान हासिल गर्नेलाई ५/ ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजनक टिमले बताए ।

कार्यक्रममा अभिभावक, शिक्षक,नृत्य निर्देशक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजक टिममा बाबु सेन्चुरी निर्देशकका रुपमा छन । त्यसैगरी अनिल भुजेल प्रबन्ध निर्देशक, बुद्ध तितुङ फाइनान्सियल डिरेक्टर,सन्देश तामाङ सह-सचिवको पदमा रहेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार