रोल्पामा ३०औं जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न

उज्यालो प्रतिनिधि १ फाल्गुन २०८१, बिहीबार समाचार

डि.एस. संघर्ष / रोल्पा— सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर ५ र ६ मा विभिन्न कार्यक्रम गरी ३०औं जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी तथा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिना थापा र प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजाल रहनुभएको थियो । साथै, नेकपा (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका पार्टी अध्यक्ष रत्नबहादुर महरा, नेपाली कांग्रेसका प्रतिनिधि हिराबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका दौरान जनयुद्धका घाइते, अपांग योद्धा तथा सहिद परिवारलाई दोसल्ला ओढाई, सम्मान पत्र प्रदान गर्दै प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले अबिर लगाएर सम्मान गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाले गर्नुभएको थियो भने वडा सचिव मेघबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

जनयुद्धको योगदानको उच्च मूल्यांकन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मणिराम बुढाथोकीले जनयुद्धको ऐतिहासिक महत्वलाई स्मरण गर्दै भने,”जनयुद्ध एक महान आन्दोलन थियो, जसले देशमा अनगिन्ती परिवर्तन र उपलब्धिहरू ल्याएको छ। यदि कसैले जनयुद्धलाई केवल हिंसा भन्न खोज्छ भने, त्यसको प्रतिकार जनताले आफैं गर्नेछन्।”त्यसैगरी, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा प्रस्तुत गर्ने अवसर पाएका थिए।समापन मन्तव्यका क्रममा वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाले आफ्नो कार्यकालभरि जनतासँग निकट रहन प्रतिवद्ध रहेको उल्लेख गर्दै भने,
“म मेरा मतदाताहरूलाई कुनै पनि दुःख दिन्न, आवश्यक परेको खण्डमा जनताको घरघरमै सेवा पुर्‍याउने छु।”

वडा नम्बर ६ को कार्यक्रम समापनपछि प्रमुख अतिथि मणिराम बुढाथोकी, विशिष्ट अतिथि मिना थापा, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र रिजाल, गाउँपालिका पार्टी अध्यक्ष रत्न महरा लगायतको टोली वडा नम्बर ५ तर्फ प्रस्थान गर्दै सुनिलस्मृति दिवसको औपचारिक उद्घाटन गरेको थियो।
सुनिलस्मृति दिवसको अवसरमा शहिद परिवार, बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गर्दै दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो। साथै, दिवसको अवसर पारेर विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ, जसमा—महिला तथा पुरुष भलिबल प्रतियोगिता,भालेछोपाइ खेल,लोकदोहोरी तथा सामूहिक नृत्य,हाजिरीजवाफ प्रतियोगिता यस्ता गतिविधिहरू फागुन ३ गतेसम्म सञ्चालन गरिने जानकारी वडा अध्यक्ष मणि थापाले दिएका छन ।

उनले यस वर्षका खेलकुद प्रतियोगिताहरूलाई थप व्यवस्थित र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्दै भने,”खेलहरू पूर्ण रूपमा अनुशासित, मर्यादित र इमानदार रूपमा सञ्चालन गरिनेछ। कुनै पनि प्रकारको छलकपट स्वीकार्य हुनेछैन।”यसरी, रोल्पामा ३०औं जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ, जसले ऐतिहासिक योगदान स्मरण गर्दै स्थानीय समुदायलाई एकताबद्ध गर्ने अवसर प्रदान गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार