तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

उज्यालो प्रतिनिधि २२ माघ २०८१, मंगलवार कला/साहित्य

अशिम लोप्चन,स्पेन । तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र स्मरणिय मानेका छन् ।

सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो, जसलाई विशेष रूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ। कार्यक्रमका वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए । साथै कार्यक्रमा बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिं लामाले शुभकामना मन्तव्य भर्चुअल मार्फत दिएका थिए । मन्तव्यमा मुख्यमन्त्री तामाङले बिदेशमा सिकेका सिपलाई नेपालमा लैजादै उत्पादनसंग जोड्न आग्रह गरेका थिए ।

सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले कार्यक्रममा उल्लास थपे । प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए । एनसिसि माल्टा तमु समाज , मगर , समाज , , नेपालि समाज अध्यक्ष, पदाधिकारीहरु र समाजका स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको थियो । कार्यक्रमको सफल आयोजनाले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न समाजका प्रतिनिधिहरु उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको संयोजक अमृत तामाङ्ले गरेका थिए । कार्यक्रम संचालक प्रचारप्रसार बिभाग प्रमुख रबिन तामाङ, र हेमा लामाले गरेका थिए । कार्यक्रम सम्पूर्ण जानकारी महासचिव अशिम लोप्चनले जानकारी गराएको हो। कार्यकमको समापन समाजका अध्यक्ष सुनिल दोङले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार