डिबि टुहुरोको आत्मकथा ‘बाँचिरहेको एउटा जिन्दगी’ लोकार्पण

डि बि संघर्ष / रोल्पा – वरिष्ठ साहित्यकार तथा शिक्षक डिबि टुहुरोको आत्मकथा ‘बाँचिरहेको एउटा जिन्दगी’ लोकार्पण गरिएको छ। आँसु, भावुकता र जीवनबोधका कथाले भरिएको पुस्तकलाई वरिष्ठ साहित्यकार प्रा. डा. भीम खतिवडा, डा. टिकाराम उदासी, देवेन्द्र रिजाल, दामु मर्सिफुललगायतको उपस्थितिमा सार्वजनिक गरिएको हो।

रोल्पा सदरमुकाममा सम्पन्न लोकार्पण समारोहमा रोल्पा नगरपालिकाका पूर्व मेयर तथा साहित्यकार पूर्ण क्षेत्रीले टुहुरोको व्यक्तित्व परिचय गराएका थिए भने पत्रकार तथा साहित्यकार खेम बुढाले पुस्तक समीक्षा गरेका थिए।

राष्ट्रिय तथा स्थानीय तहमा एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका टुहुरो २०७७ सालमा जनसेवाश्री पदक बाट पनि विभूषित भएका थिए। अभाव, संघर्ष र प्रतिबद्धताले भरिएको उनको जीवनकथामा बाल्यकालका कठोर क्षण, शिक्षाप्रति मोह, अध्ययनमा गरेका संघर्ष, शिक्षण पेसामा बिताएका दिनहरू, साहित्यिक यात्रा तथा समाजसेवामा उनले पुर्‍याएको योगदान समेटिएको छ।

पुस्तक समीक्षक खेम बुढाका अनुसार, सानै उमेरमा पिताको निधन, कान्छी बहिनीको असमयिक मृत्यु, आमाको दोस्रो विवाहपछि झेल्नुपरेको संघर्ष, मजदुरी गर्नुपर्ने बाध्यता, सल्यानदेखि रोल्पासम्मको कठिन यात्रा पुस्तकका प्रमुख अंशहरू हुन्। करिब २५ वर्षपछि भाइबहिनीसँग पुनः भेट भएको क्षणदेखि जीवन दर्शन, साहित्यिक योगदान, सम्पादन र सम्मानको आरोह-अवरोह पुस्तकमा छर्लङ्ग पारिएको छ।

साहित्यकार पूर्ण केसीका अनुसार, ‘बाँचिरहेको एउटा जिन्दगी’ आत्मकथा मात्र नभई संघर्षबाट कसरी माथि उठ्न सकिन्छ भन्ने प्रेरणादायी पाठ पनि हो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार