तुलसीपुरका सबै वडा आफ्नै भवनबाट जनसेवा गर्दै

उज्यालो प्रतिनिधि २३ मंसिर २०८१, आईतवार समाचार

तुलसीपुर (दाङ), तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । भवनविहीन तुलसीपुर–१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।

“हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौँ”, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भनवमा सञ्चालन भएका थिए ।

पालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार