कलाकारितामा करिअर बनाउन संघर्ष गर्दै ‘कमल भक्त’

उज्यालो प्रतिनिधि २ कार्तिक २०८१, शुक्रबार कला/साहित्य

शिवु खनाल,देउखुरी ।
दाङको लमहीका कमल भक्त अहिले कलाकारीता जगतमा आफ्नो करिअर बनाउने दौडानमा संघर्षरत छन् । पछिल्लो अवस्थालाई हेर्ने हो भने उनले गरेको संघर्षको राम्रै प्रतिफल पनि उनले पाईनै सकेका छन् । उनले करिब दुईदर्जन म्युजिक भिडियोमा अभिनय समेत गरीसकेका छन् । त्यसो त उनी सानैदेखि कलाकारिता र म्युजिकमा ईच्छा देखाउंथे अनि उनी भन्छन् ईच्छाको कारण यस क्षेत्रमा छु, मैले अभिनय गरेको मेरो म्युजिक भिडियो र कलाकारीता जिवनमा टर्निङ्ग प्वाईन्ट लिनेछ । तर उनी आफु अहिलेनै व्यवसायीक कलाकारीताको लागि तयार भईसकेको बताउँछन् र निरन्तर संघर्षबाट कलाकारीतालाई व्यवसायीक रुपमा लाने मनसाय आफ्नो रहेको समेत बताउँछन् । उनका अनुसार केही सुट भएका म्युजिक भिडियोहरु छाँयाकनको क्रममा रहेको र आफ्नो केही गीत समेत रेकर्ड भईसकेको छ । कलाकारले आफ्नो मिहेनतको कारण नै यस क्षेत्रमा स्थापित हुने भएको कारण मेहनत गर्नको लागी कुनै किसिमको कन्जुसाई नगरी यस क्षेत्रमा स्थापित हुने समेत उनको भनाई छ ।
दाङको गढवा गाउँपालिका वडा नम्बर ७ लक्षणपुर गाउँमा २०५५ सालमा बुवा भक्तबहादुर परियार र आमा शुसिला परियारको कोखबाट जन्मिदिएका कमल पछिल्लो समयमा यता कलाकारी जगतमा निकै व्यवस्त छन् । सामान्य पारिवारीक पृष्ठभूमीमा हुर्किएका सरल स्वभावका हसिला रहेर पनि चर्चा बटुल्न सफल कमल स्थानीय स्तरको कलाक्षेत्रमा चम्कीला तारा हुन् । स्थानीय स्टेजमा आफ्नो प्रस्तुुतीको कारण उनी सबैको प्यारो बन्छन् र चर्चामा रहन्छन् । अत्यन्तै सरल र सांगीतिक स्वभावका कमल भक्तले विगत देखि नै निकै संघर्ष गर्दै आफ्नो कला र अभिनयको माध्यमबाट आफूलाई सधै चर्चामा राख्दै कलाकारिता क्षेत्रमा स्थापित हुदै आएको बताए । देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्दै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताए । उनले भने,–। ‘मेलै दाङ जिल्लालाई देश विदेशमा चिनाउन पाएको छु । यसमा मलाई गर्व लागेको छ ।’

कमल भक्तको सघर्ष र कथा

सानैदेखि अभिनय र नृत्य क्षेत्रमा रुची देखाएका उनले आफ्नो गाउँको क्लब देखि विद्यालय, महोत्सव आदि क्षेत्रमा अभिनय र नृत्य प्रस्तुत गर्दै स्थानीय र राष्ट्रिय क्षेत्रमा लोकप्रिय हुदै गए । उनलाई अझ भविष्यमा त्यही क्षेत्रमा थप केही फरक र अतुलनीय गर्ने सपनाले उनलाई सताई रहन्थ्यो । त्यही क्रममा महोत्सव क्षेत्रमा राम्रो दख्खल रहेका उनका आदरणी अभिभावक विनोद बुढाथोकीले उनलाई त्यही क्षेत्रमा अगाडी बढ्नका लागी हौसला, साथ र योगदान थपिदिदै गए । यसरी उनले साथ र थप सहयोग पाए लगत्तै अझ आफ्नो अभिनय र कलाकारीतालाई स्थानिय स्तरबाट राष्ट्रिय क्षेत्रमा चिनाउँदै गए । परिवारको थप सहयोग र आफ्नो कलाकारिता क्षेत्रमा रहेको बाकी सपनाहरु साकार पार्न उनी राम्रो अवसरको लागी राजधानी काठमाण्डौं जाने र पर्दामा समेत काम गर्ने सपनाहरु देख्न थाले । सोही सपनाहरुलाई पछ्याउँदै धेरै समस्या र चुनौतीहरुको बाबजुद उनी काठमाण्डौ प्रवेश गरे । उनको लागी काठमाण्डौ शहर एक नौलो विरानो आफन्ती विहीन गन्तव्यको रुपमा स्थापना हुन पुग्यो । विस्तारै अवसरहरुको खोजीमा उनीले आफ्नो संघर्ष भोक, प्यास र निन्द्रालाई त्याग गरी कैयौँ महिना र दिनहरु विताइरहेका थिए । एत्तिकैमा सोही क्षेत्रमा प्राविधिका रुपमा काम गर्दै गरेको दाङकै नविन चौधरीसंग भेटघाट अनि चिनाजानी भयो ।

कमल चलचित्र क्षेत्रमा व्यागराउण्ड नृत्यकारका रुपमा अभिनय गर्ने अवसर प्राप्त गरे । नृत्य गर्दै गर्दा नृत्य निर्देशक रामजी लामिछानेको सह–नृत्य निर्देशकका रुपमा काम गर्ने अवसर प्राप्त गरे । यसै क्रममा उनले खाली समयमा थिएटर, ओजस् फिल्म् स्टुडियो रातो पुल काठमाण्डौ र राष्ट्रिय नाचघर जमल काठमाण्डौमा नृत्य र अभिनको कक्षा लिने क्रम निरन्तर जारी राखे । यसरी उनले आफ्नो प्रतिभा अब्बल रुपमा स्थापना गरी प्रोड्युसर र निर्देशकका मनमुटुमा बस्न सफल भए र क्रमश अवसरहरु प्राप्त गर्दै गए । यसरी अवसरहरु प्राप्त गरिरहदा उनी थप सफल र सक्षम निर्देशक र सर्जकका रुपमा स्थापीत हुदँै गए । हाल उनी आफैले नै सांगीतीक गीत तथा म्यूजिक भिडियोहरु निर्देशन गर्दै आईरहेका छन् । कमल भक्त गीत संगितको उर्वर भूमी दाङमा जन्मेका हुन । सानैदेखि लोक संगितमा जुर्मुराएका उनी पछिल्लो पुस्ताका उम्दा सर्जक, लेखक, निर्देशक एवम् कलाकार हुन । जसका गीती भिडियो आजको समयमा सर्वाधिक रुचाउने सृजनाहरुमा पर्दछन् । उनी यस्ता मौलिक कथा टिपीकल शब्द भाका अर्गानिक भाषा र कथाहरु टिप्छन् । जसबाट जुनसुकै पुस्ताका मानिसहरु मन्त्रमुग्ध बन्ने गर्दछन् । गितको भिडियोमा देखाईने विभिन्न् समुदायका पृथक कथामा पनी उनको विषेश सृजनशील दखलता छ ।

२०७६ सालमा पहिलो भिडियो “बासको डोको” बोलको गीत भिडियोमा अभिनय सहित छायांकन गराएका कमल भक्त गाँवै रमाइलो देशै रमाइलो, चोली मैलै भो, ज्यानकै सत्यानास्, भोट भो माया, तिरीरी मुरली बज्यो, सोह्र सत्र, जस्ता गीती भिडियोबाट अभिनय र निर्देशन गरी आफुलाई नेपाली मौलिक गित संगीतमा एक अब्बल र्सजक, निर्देशक कलाकारको रुपमा स्थापित गरीसकेका छन् । अहिले उनको श्रोता दर्शकहरुलेमात्र प्रशंशा होइन कलाकारहरुले समेत उनको अभिनय र निर्देशनको मुक्तकण्ठले तारिफ गरिरहेका छन् । “बासको डोको” बोलको भिडियो छायांकन गराएका कमल भक्त गाँवै रमाइलो देशै रमाइलो, चोली मैलै भो, ज्यानकै सत्यानास्, भेट भो माया जस्ता सुरुवाती चरणमा सार्वजनिक गरे यद्यपी कमल भक्तको सांगीतीक क्षेत्रको टर्निङ पोइन्ट भने भेट भो माया गीत बन्यो त्यस पछि उनले सार्वजनिक गरेका निर्देशित गीत माया धोकेबाज, यो माया उनीलाई जुनीजुनीलाई, रामे हजुरलाई रातो केश रिवन, तिमिलाई माया दिन, मेरी बाली दै सर्बाधिक सफलता मिल्यो । अब भने उनका बजारमा आउने तयारीमा रहेको गीति भिडियोहरु आखै सामु डोली चढेको र बाज रहेका छन् ।।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार