तामाङ समाज माल्टाले २५६८ औ बुद्ध जयन्ती भव्य रूपमा मनाइयो

उज्यालो प्रतिनिधि १० जेष्ठ २०८१, बिहीबार समाचार

माल्टा । तामाङ समाज माल्टाले  विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा  २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ ।

मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उनीप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर सम्पूर्ण देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपालि दाजुभाईहरुमा सुख शान्ति समृद्धिको कामना सहित बुद्ध जयन्तीको शुभकामना समाजको अध्यक्ष सुनिल दोङले दिनुभएको हो । कार्यक्रमकै क्रममा समाजको कोषाध्यक्ष पासाङ रुम्बा (सगुन) ले लामा मन्त्रबाट पुजा पाठ गरेको थिए । मन्तव्यमा सास्कृतिक बिभाग प्रमुख छिरिङ तामाङले सम्पूर्णमा सुख शान्ति सबैमा सदभाब रहोस भन्दै शुभकामना राखेका थिए ।

कार्यक्रममा  बुद्ध प्रसाद ग्रहण, त्यसपछि शुद्ध शाकाहारी भोजन सहित महासचिव अशिम लोप्चनले  बुद्ध जयन्तीको  महत्वबारे प्रकाश पारी आउँदो वर्ष पनि भव्य तथा हर्षोउल्लासकापूर्वक मनाउने जानकारी गराएपछि कार्यक्रम सम्पन्न भएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार