जापानमा रहेका नेपाली विद्यार्थीले पठाएको राहत अग्नि पीडितलाई दिइयो

उज्यालो प्रतिनिधि १० जेष्ठ २०८१, बिहीबार मुख्य नेटवर्क

देउखुरी ।जापानमा रहेको नेपाली विद्यार्थीले पठाएको राहत हाडबासका अग्निपीडितलाइ वितरण गरिएको छ । बिहिवार २४ पीडित परिवारलाई राहत वितरण गरिएको स्थानीय समाजसेवी कृष्ण चाैधरीले जानकारी दिनुभयो । उहाँले जापानमा रहेका विद्यार्थीले पठाएको रकम राहत सामाग्री खरिद गरि क्षतिका आधारमा वितरण उनले बताए ।

बिहिवार कृष्ण चाैधरी, बिनिता चाैधरी, राजेन्द्र चाैधरीकाे संयुक्त उपस्थिति राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिलाई एकद्वार प्रणाली मार्फत वितरण गरिएको हाे । अग्निपिडितलाई चामल राख्ने ड्रम २४ थान, प्रेसर कुकर २४ थान, गाग्री २४ थान, छाता २४ थान, खाने तेल २४ पाेका, साबुन २४ वितरण गरिएको छ ।

सहयोग राहत अग्निपीडितसमक्ष पु¥याउने कार्यमा स्थानीय समाजसेवी कृष्ण चाैधरीले समन्वय गरेका गर्नुभएको थियो । हाडबासका अग्नि पीडितलाइ वितरण गरिएको राहत सहयोगमध्ये बाहिरबाट आएकाे यो अपहिलोपटक हाे ।

गत १६ बैशाखमा हाडबास गाउँमा भएको आगलागीमा परी २४ घर नष्ट हुँदा लाखौं बराबरको क्षति भएको विवरण संकलन गरिएको छ। कृष्ण चाैधरीकाे पहलमा जापानमा रहेका नेपाली विद्यार्थीहरूले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी सुनिल चाैधरी (यस.के) र कुमाख गाउँपालिका सल्यान निवासी बिशाल बुढाथोकीले अग्नि पीडितलाई राहत पठाउनु भएको हाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार