काठमाडौं । नेपालगञ्जमा लागूऔषध कारोबारी सुशील परियार माथि प्रहरीले गोली प्रहार गरेका छन् । गोली प्रहारबाट घाइते परियारलाई उपचारको लागि हस्पिटल लगिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्रहरी निरिक्षक रुपेश विष्टको नेतृत्वमा गएको टोलिले नेपालगन्जमा परियारलाई पक्राउ गर्न खोज्दा प्रहरी माथी आक्रमण गरेपछि जवाफमा प्रहरीले गोली चलाएका थिए ।
बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं। १२ चप्पलगौडा बस्ने २६ वर्षीय सुशील परियार लामो समयदेखि लागूऔषध कारोबारीको रुपमा काम गर्दैआएको थियो ।
प्रहरीले उनिसंग ११० ग्राम ब्राउन सुगर बरामद गरेका छन् भने उनिसंगै २७ वर्षिय प्रमोद कार्की पनि पक्राउ परेका छन् ।